शंखरापुर नगरपालिकामा कहाँ र कहिले ANTIGEN परिक्षण हुन्छ ?
कपन अनलाइन
काठमाडौं बैशाख २१। शंखरापुर नगरपालिकामा हरेक हप्ताको बिहिवार र मंगलबार ANTIGEN परिक्षण हुदै आएको छ। शंखरापुर नगरपालिकाको इन्द्रायणीमा रहेको प्रस्तावित नगर अस्पताल यी दुई दिन बिहान ८ बजे देखि १० बजे सम्म निशुल्क परिक्षण हुदै आएको छ।
हप्तामा दुई दिन नगरपालिकाका संक्रमितहरुको सम्पर्कमा आएर कन्ट्रयाक्ट ट्रेसिंगमा परेका व्यक्ति , कोरोना संक्रमणको लक्षण देखिएका र क्लोज कन्ट्रयाक्टमा रहेका व्यक्तिहरुको परिक्षण हुदै आएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।