नेकपा एमाले ओखलढुंगा पार्टी कार्यालयमा दुई अध्यक्षको भेट र कार्यकर्ताहरुको फेसबुके जुहारी
कपन अनलाइन
ओखलढुंगा ,बैशाख २० ।
नेकपा एमाले ओखलढुंगा पार्टी कार्यालयमा दुई अध्यक्षको जम्काभेट भएको तस्विर सार्वजनिक भए संगै कार्यकर्ताहरुको जुहारी चलेको छ। नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष केदार बाबु बस्नेत र समानान्तर कमिटीका अध्यक्ष नेत्र भट्टराई विच जिल्ला पार्टी कार्यालयमा भेट भएको तस्विरले अहिले निषेधाज्ञाका कारण फुर्सदमा रहेका कार्यकर्ताहरुले भने राम्रै काम पाएको देखिन्छ ।
नेकपा एमालेमा देखिएको विवाद संगै स्पस्ट दुई धारमा देखिन बाध्य बनेका कार्यकर्ताहरुले आफ्ना नेताहरुको प्यारो बन्ने परिक्षामा अब्बल बन्न दुई अध्यक्षको मर्यादा खुइल्याउने तरिकाले स्टाटस र कमेन्ट लेख्न थाले पछी जनता भने देख्ने लाई भन्दा … लाज भनेर व्यंग्य गर्न थालेका छन।
सो भेटमा नेकपा एमाले जिल्ला कमिटीका सचिव तिर्थ सुवेदी, भर्खरै एमाले प्रवेस गरेका हंशराज वाग्ले सहितको उपस्थिति रहेको थियो जसका कारण भेटको तस्विर अहिले चर्चामा रहेको छ।
तस्विरमा कसैले केदार बाबु बस्नेतलाई व्यंग्य गरेका छन भने कसैले नेत्र भट्टराईलाई र ति टिप्पणीहरु हेर्दा कम्युनिस्ट कार्यकर्तामा हुनुपने न्युनतम आदर र सम्मानको अंश भने दुर दुर सम्म देखिदैन।