एमाले संसदीय दलमै रहने दुई जना स्वतन्त्र सांसदको प्रतिवदत्ता

एमाले संसदीय दलमै रहने  दुई जना स्वतन्त्र सांसदको प्रतिवदत्ता

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २०।

सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुई जना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने स्पष्ट पारेका छन्।

कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमबार एक संयुक्त विज्ञप्ति निकाल्दैं आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन्।

यसअघि आइतबार यी दुई जना सांसदले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने बताएका थिए। यीनीहरूमध्ये एक जना हृदयेश त्रिपाठी र अर्को वृजेशकुमार गुप्ता समूहका सांसद हुन्। दुबैले सूर्य चिन्ह लिएर चुनाव लडेका थिए।

तपाइँको प्रतिक्रिया ।