पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १८।

पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।