१५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल : निम्स र बीएनए सेमिफाइनलमा

१५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल : निम्स र बीएनए सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ,पुस १३।

निम्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
निम्सले एचएचसीएलाई २०–१४ ले पराजित गर्यो  । निम्सकी टीना लिम्बूले १० अंक योगदान गरिन् । स्मृति खत्रीको १३ अंक सहयोगमा बीएनएले ग्रिनल्यान्डलाई १७–१५ ले हरायो ।
सिनियर गल्र्समै एनसीसीएसले हिमरश्मिलाई २३–१४ तथा भ्याली पब्लिकले आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ लाई २६–६ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एनसीसीएसकी दिभा महर्जन र भ्याली पब्लिककी लोरिशा गौचनले समान १३–१३ स्कोर गरे । सेमिफाइनलमा भ्याली पब्लिकको भेट बीएनएसंग हुनेछ भने निम्सले एनसीसीएस विरुद्ध खेल्ने छ ।
सिनियर ब्वाइजमा निम्सले जेनिथलाई ४४–४१, ग्रिनल्यान्डले टीआईएलाई ५५–२७, भ्याली पब्लिकले बीएमसीएलाई ३१–२० र एचएचसीएले विल्सन एकेडेमीलाई ४३–२८ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे । निम्सका सुवास लामिछानेले २०, ग्रिनल्यान्डका प्रवीण गुरुङले २४, भ्याली पब्लिकका सुनिल पौडेलले ७ र एचएचसीएका डेविड राईले १६ स्कोर गरे । सेमिफाइनलमा एचएचसीएले निम्स तथा भ्याली पब्लिकले ग्रिनल्यान्ड विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

तपाइँको प्रतिक्रिया ।