जिल्ला प्रसासन कार्यालयको अनुमति लिएर बिहेमा बढीमा १५ जना मात्र उपस्थित हुन पाइने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाह ब्रतबन्धजस्ता कार्यक्रममा जिल्ला  प्रशासन कार्यालयबाट अनुमति लिएर   बढीमा १५ जनासम्म मात्रै उपस्थित हुन आदेस जारी गरेको छ  ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा भनिएको छ, “सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने । विवाह ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने ।”

 

तपाइँको प्रतिक्रिया ।