गोसाइँकुण्डमा शिवको मूर्ति निर्माण प्रक्रिया अगाडी बढेको छ :मन्त्रि रामेश्वर फुयाल

कपन अनलाइन

रसुवा ,बैशाख ११।

रसुवा जिल्नलाको महत्वपूर्ण  तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने भएको छ ।

छब्बीसौँ वन्यजन्तु सप्ताहअन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले धुञ्चेमा आयोजना गरेको साताव्यापी पालिका अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिताको समापनका अवसरमा वाग्मती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले २७ फिट अग्लो मूर्ति प्रतिस्थापन गर्ने गृहकार्य अगाडि बढेको बताएका थिए  ।

उनले  तीर्थको पश्चिमतर्फ अमरसिंह थापाले शहादत प्राप्त गरेको स्थानमा पनि अमर शालिक राख्न बोलपत्र प्रक्रिया अगाडि बढेको जानकारी दिदै गोसाई कुण्डलाई  सडक संजालले जोड्दै पर्यटन प्रवर्धन गर्ने योजनामा बागमती प्रदेस सरकार रहेको बताएका थिए   ।

त्यस्तै सो अवसरमा  धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले चालेको कदम र वातावरण विज्ञले तयार पारेको कार्यविधि बारे प्राकृतिक सम्पदाको संरक्षणको अध्ययन गरी कार्यविधि स्वीकृत हुने अवस्थामा रहेको जानकारी दिइएको थियो।

 

तपाइँको प्रतिक्रिया ।