गोकर्णको गदाधर नारायण तथा पार्वती मन्दिरमा गजुर पुन:स्थापना हुने
कपन अनलाइन
काठमाडौँ, बैशाख ८।गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा रहेको गदाधर नारायण तथा पार्वती माताको मन्दिरमा गजुर पुन:स्थापना हुने भएको छ। श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङगीण विकास समन्वय समितिको आयोजनामा भोलि बैशाख ९गते बिहान ७ बजे मन्दिर परिसरमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा बिशेष पुजा सहित गजुर पुनस्थापना गर्न लागिएको गोकर्णेश्वर छाना निर्माण समितिले जनाएको छ।
दुवै मन्दिरको झिंगटीका छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरका काष्ठकला, मन्दिरको गाह्रो एवं मूर्तिमा समेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान शुरु भएको थियो ।उत्तरगया समेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्य युगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका समेत रहेको छ ,जसलाई महत्वका साथ पुजिन्छ ।