चामुण्डा रथ यात्रा सम्पन्न

चामुण्डा रथ यात्रा सम्पन्न

कपन अनलाइन

काठमाडौं, बैशाख ८। गत  बर्ष कोरोना भइरसका कारण स्थगित भएको चामुण्डा रथ यात्रा एस पटक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संचालन गरिएको छ ।हरेक वर्ष चैत्र अष्टमिका दिन पन्चवली सहित निकालिएको  सो रथ जात्रा जोरपाटी , आरुबारी , नयाबस्ती हुंदै पुन चामुण्डा मन्दिरमै ल्याई  विसर्जन  गरिएको थियो ।

 २०४१ साल देखि निरन्तर निकालिंदै आएको चामुण्डा रथयात्रा  उल्लेख्य भक्तजनको सहभागिता रहेको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख  शान्ती नेपाल , गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा , नगरपालिकाका सल्लाहकार दिपक रिसाल लगायत जनप्रतिनिधिहरु सहित स्थानीयले रथ यात्रामा सहभागिता जनाएका थिए।

  बिभिन्न झाकी र बाजा सहित बिभिन्न स्थान परिक्रमा गराइएको सो रथ लाइ पुन चामुण्डा मन्दिरमा ल्याई बिसर्जन गरिएको थियो ।  उक्त कार्यक्रमलाइ नगर प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी लगायतले सम्बोधन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।