२५ जनाभन्दा बढी भेला हुन रोक लगाउन स्वास्थ्य मन्त्रालयको सिफारिस

२५ जनाभन्दा बढी भेला हुन रोक लगाउन स्वास्थ्य मन्त्रालयको सिफारिस

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २७।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।

कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

त्यसअनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
तपाइँको प्रतिक्रिया ।