चैत्र २८ देखि बैशाख १ गते सम्म बुढानिलकण्ठ ग्यासट्रोनोमी फुड फेस्टिभल हुने
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २४।
बुढानिलकण्ठ नगरपालिकामा चैत्र २८ देखि बैशाख १ गते सम्म खाना महोत्सव हुने भएको छ । ग्यासट्रोनोमी टुरिजम एसोसियसन नेपाल र बृक्षालय रिसोर्ट एण्ड कालिज फार्मको आयोजनामा बुढानिलकण्ठ -११ मा हुने उक्त खाना महोत्सवमा नेपालका सात प्रदेसका विविध खानाका साथमा अन्य परिकारहरु रहने आयोजकले जानकारी दिएको छ।
नेपालका खानाहरुलाई विश्वमा परिचित गराउने उदेस्यले स्थापना गरिएको ग्यासट्रोनोमी टुरिजम एसोसियसन नेपालले बुढानिलकण्ठ नगरपालिकाको मौलिक खाना प्रवर्धनका लागि आयोजना गरिएको उक्त महोत्सवमा स्थानीय महिला संजाल ,समुह तथा अन्य संघ संस्थाहरुले सहभागिता जनाउने एसोसियसनका अध्यक्ष सुरेसचन्द्र बस्नेतले जानकारी दिएका छन।
बुढानिलकण्ठ नगरपालिकामा स्थापना भएर नेपाली परिकारलाई अन्तरास्ट्रिय करण गर्ने उदेस्य बोकेको संस्थाले आयोजना गरेको महोत्सव नगर प्रमुख उद्दव खरेलले उद्घाटन गर्ने जानकारी दिदै संस्थाका संस्थापक सदस्य तथा कार्यक्रम संयोजक अक्कल तामाङले कार्यक्रका लागि स्थानीय सरकारको समर्थन र सहयोग रहेकोमा धन्यवाद दिएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को बृक्षालय रिसोर्ट एण्ड कालिज फार्ममा चैत्र २८ गते ११ बजे शुरु उने उक्त महोत्सवमा १२ देखि १५ थरिका विशेष खानाका परिकार रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।