गोकर्ण प्राथमिक अस्पतालको निरीक्षणमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल
कपन अनलाइन
काठमाडौँ, चैत्र २२। गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्ण प्राथमिक अस्पतालको आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले निरीक्षण गरेका छन।विसं २०३२ मा स्थापना भएको स्वास्थ्य चौकीलाइ २०७६ साल असारमा गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्र विशेषज्ञ सेवा सहित १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको थियो ।अस्पतालको स्तरउन्नति गरे संगै बागमती प्रदेशका मुख्य मन्त्रि डोरमणि पौडेलले सो अस्पतालको उद्घाटन गरेका थिए। २०७७ साल फागुन १६ गते देखि गोकर्ण प्राथमिक अस्पतालले २४सै घण्टा आकस्मिक सेवा र प्रसुती सेवाको सुरुवात समेत गरेको छ । अस्पतालले २४सै घण्टा आकस्मिक सेवा र प्रसुती सेवाको सुरुवात गरे संगै आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले अस्पतालको निरीक्षण गर्नुको साथै त्यहाको बस्तुस्थितिको बारेमा जानकारी लिएका थिए।
मन्त्रि फुयाल संगै सो निरीक्षण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, प्रशासन प्रमुख टंक नाथ घिमिरे ,स्वास्थ शाखा प्रमुख हरि प्रसाद उपाध्याय ,गोकर्ण प्राथमिक अस्पताल प्रमुख डा. सृजना पाण्डे ,अस्पताल व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठ,अस्पताल प्रशासन प्रमुख टिका राम खड्का गोकर्णेश्वर नगरपालिका वडा नं ४ का सचिब नवराज सेन लगायतको उपस्थिति रहेको थियो।मन्त्री फुयालले अस्पतालको विषयमा सर्वपक्षीय छलफल समेत गरेका थिए।उक्त कार्यक्रममा अस्पतालले दिँदैआएको सेवा र भोग्दैआएका समस्याका बारेमा अस्पताल प्रशासन प्रमुख टिका राम खड्काले अवगत गराएका थिए।
नगर प्रमुख सन्तोष चालिसेले अस्पताल भवन निर्माणको लागि पहल भईरहेको समेत जानकारी गराएका थिए भने कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठ वडा अध्यक्ष श्री कुमार श्रेष्ठ र अस्पताल प्रमुख डा. सृजना पाण्डे लगायतले अस्पतालको आवस्यकताको बारेमा जानकारी गराएका थिए । निरीक्षण पश्चात मन्त्री फुयालले अस्पतालको थप व्यवस्थापनको लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका थिए ।उनले बिरामीहरुलाई गुणस्तरीय सेवा दिन र अस्पताललाई व्यवस्थित गर्न सवै एक भएर लाग्नुपर्ने भन्दै त्यसमा तीन वटै सरकारको सहयोग रहने बताएका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य,नगर प्रमुख सन्तोष चालिसेले अस्पताल भवन निर्माणको लागि पहल भईरहेको समेत जानकारी गराएका थिए भने नगरपालिका बाट अस्पताललाइ हुदै आएको सहयोगको बारेमा समेत अवगत गराएका थिए। त्यसै गरि कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठ वडा अध्यक्ष श्री कुमार श्रेष्ठ र अस्पताल प्रमुख डा. सृजना पाण्डे लगायतले अस्पतालको आवस्यकतालाइ पुरा गर्न अनुरोध गरेका थिए।
निरीक्षण पश्चात मन्त्री फुयालले अस्पतालको थप व्यवस्थापनको लागि प्रदेश सरकार सकारात्मक रहेको जानकारी गराएका थिए ।उनले बिरामीहरुलाई गुणस्तरीय सेवा दिन र अस्पताललाई व्यवस्थित गर्न सवै एक भएर लाग्नुपर्ने भन्दै त्यसमा तीन वटै सरकारको सहयोग रहने बताएका थिए ।