बुढानिलकण्ठ र टोखाकाका वकिलहरू तारेभिरमा

बुढानिलकण्ठ र टोखाकाका वकिलहरू तारेभिरमा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २२।

चैत्र २१  सनिवार  बुढानिलकण्ठ र टोखाकाका वकिलहरू तारेभिरमा भेला भएका छन। ति नगरपालिकामा बसोवास गर्दै आएका कानुन व्यवसायीहरुलाई जमघट हुने अवसर मिलाएको थियो  बुढानिलकण्ठ  टोखा कानुन व्यवसायी मंचले।

उक्त मंचले आयोजना गरेको बनभोज कार्यक्रममा दुई नगरपालिकाका ४७ जना कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो। यी नगरपालिकाका कानुन व्यवसायीहरुको साझा मंच निर्माणका लागि पहल शुरु गरिएको जानकारी दिदै मंचका संयोजक सानु श्रेष्ठले यो मंचले  सबै आस्था र विचार राख्नेहरुलाई समेट्ने साझा मंच रहेको  बताएका छन।

तपाइँको प्रतिक्रिया ।