अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा तारकेश्व-८ का भुजेल पक्राउ

अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा तारकेश्व-८ का भुजेल पक्राउ
कपन अनलाइन

काठमाण्डौ ,चैत्र २०।

अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-८ ठेगाना भएका २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
भुजेलले सर्ट टर्म ४५७ भिषामा २/२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिन्छु त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनि २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई
काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।