नेकपा एमाले ओखलढुंगाका अध्यक्ष बस्नेत भन्छन : चैत्र २४ गतेको बैठक रोकिदैन

नेकपा एमाले ओखलढुंगाका अध्यक्ष बस्नेत भन्छन : चैत्र २४ गतेको बैठक रोकिदैन

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २०।

नेकपा एमाले ओखलढुंगाका अध्यक्ष केदारबाबु  बस्नेतले चैत्र २४ गते डाकिएको जिल्ला कमिटिको बैठक नरोकिने बताएका छन। २०७७ शाल पुस १९ गते कार्यकर्ता भेलाले चयन गरेको नेतृत्व नै आधिकारिक भएकोले प्रदेस नं १ का भौतिक पूर्वाधार मन्त्रि अम्बिर बाबु गुरुङको उपस्थितिमा जिल्ला पार्टी कार्यालयमा ११ बजे बैठक हुने बताउदै बस्नेतले बैठकका वारेमा झुटा अफवाह नफैलाउन आग्रह गरेका छन।

जिल्लामा केन्द्रिय कमिटि ,प्रदेस कमिटि लगायतका माथिल्लो कमिटिका नेताहरुको उपस्थितिमा आफुलाई अध्यक्ष र तिर्थ सुवेदी सचिव रहेको कमिटि चयन गरेर स्थानीय तहमा पनि कमिटीहरु गठन भैसकेको अवस्थामा बैठकका वारेमा अनेक हल्ला चलाएको बताउदै बस्नेतले   बैठकमा उपस्थितिका लागि अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।