पुर्व प्रधानमन्त्री माधव नेपाल र भीम रावल छ महिनाका लागि साधारण सदस्यबाट निलम्वित

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १६।

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ। पार्टीको विधानविपरीत चलेको भन्दै नेता नेपाल र रावललाई कारबाही गरेको हो।

पार्टीको चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नफर्काएकाे भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको छ।

नेता नेपाल र रावललाई पार्टीबाट निलम्बन गरिएको पत्रसमेत पठाइसकेको छ

तपाइँको प्रतिक्रिया ।