सुन्ताखान युवा क्लब द्वारा आयोजित प्रथम वडा अध्यक्ष कप खुल्ला दौडको पुरुष तर्फको उपाधि गृष्मण श्रेष्ठलाइ
कपन अनलाइन
काठमाडौं चैत्र ९। गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको सुन्ताखान युवा क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष महिला पुरुष खुल्ला दौड कप प्रतियोगिता सम्पन्न भएको छ ।कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन ,नगरपालिकाका पर्यटकीयस्थलको प्रवर्धन गर्नुको साथै खेलकुद मार्फत युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजित प्रतियोगीताको पुरुष तर्फको उपाधि गृष्मण श्रेष्ठले जितेका छन ।
शनिबार सम्पन्न उक्त प्रतियोगितामा करिब ४ किलोमीटर दौड १७ मिनते ६ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेका हुन जित संगै उनले नगद रु १० हजार ट्रफी मेडल र प्रमाणपत्र हात पारेका छन। त्यसै गरि प्रतियोगितामा पुरुष तर्फ नै १८ मिनेट ७ सेकेन्डमा दौड पुरा गर्दै मिलन तामाङ दितीय भए भने १९ मिनेटमा निर्धारित दुरी पार गर्दै सुजन नगरकोटी तृतीय भए । दितीय र तृतीय हुने मिलन तामाङ र सुजन नगरकोटीले क्रमश रु ५ हजार र तीन हजार सहित ट्रफी र मेडल प्राप्त गरेका छन । पुरुष तर्फ कुल ६४ जनाले सहभागिता जनाएका थिए ।
प्रथम दितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई प्रतियोगिताका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे उप प्रमुख शान्ति नेपाल, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिका खेलकुद संयोजक संजय लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी , वडा सदस्य लक्षमण लामा गोले समाजसेवी कुमारराज सुवेदी र आयोजक संस्था सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्टले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिताको उद्घाटन गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारीले रिबन काटेर गरेका थिए । समापन सत्रको अध्यक्षता सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्टले गरेका थिए भने कार्यक्रम संचालन रोजिना बिष्ट (रोज)ले गरेकी थिइन् । सुन्ताखान युवा क्लबका बिमान लामाले स्वागत मन्तब्य सहित कार्यक्रम उदेश्यमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा प्रमुख अतिथि बिशेष अतिथि लगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रतियोगितमा सह आयोजकमा स्वतन्त्र टोल सुधार समिति, मल्लागिरि युवा क्लब, एन एस स्टेशनरी, धाडेदेबी इन्टरप्राइजेज, सनमुन रियल स्टेट प्रालि, जगदम्बा सिमेन्ट सुन्ताखान तारेभिर क्लिनिक सभिर्स ,ह्याग्रिब भैरब बालुवा ढुंगा खानि प्रालि कपिलेश्वर बचत तथा ऋण सहकारी संस्था रहेको छ भने प्रतियोगितालाइ कान्ति भैरब स्वास्थ्य सर्भिस र गोकर्णेश्वर स्वास्थ्य चौकी ३को सहयोग रहेको थियो ।