बुढानिलकण्ठमा ‘नेपाली राजनीतिमा स्व. गिरिजा प्रसाद कोईरालाको योगदान’ बिषयक विचार गोष्ठी सम्पन्न

बुढानिलकण्ठमा ‘नेपाली राजनीतिमा स्व. गिरिजा प्रसाद कोईरालाको योगदान’ बिषयक विचार गोष्ठी सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ८।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन काठमाण्डौं क्षेत्र नं. ४ प्रदेश ‘ख’ द्वारा चैत्र ७ गते बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित बार्दली रुफटप रेष्टुरेन्टमा २०६२/०६३ को जनआन्दोलनका कमाण्डर शिखर पुरुष स्व. गिरिजा प्रसाद कोईरालाको सम्झनामा ‘नेपाली राजनीतिमा स्व. गिरिजा प्रसाद कोईरालाको योगदान’ बिषयमा विचार गोष्ठी गरी ११ औ  स्मृति दिवस मनाएको छ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन काठमाण्डौं क्षेत्र नं. ४ ‘ख’ का संयोजक बिजेन्द्र श्रेष्ठको सभापतित्त्व एवम् नेपाली काँग्रेसका केन्द्रित सदस्य एवम् पूर्वमन्त्री  डा. मिनेन्द्र रिजालज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बिचार गोष्ठीमा प्रतिनिधि सभा सदस्य   दिब्यमणि राजभण्डारी, प्रदेश सभा सदस्य   न्हुछे नारायण श्रेष्ठ, नेपाल बिध्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिना, गिरिजा प्रसाद कोईराला फाउण्डेशन काठमाण्डौं जिल्लाका संयोजक अर्जुन पराजुली, नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं. ४ प्रदेस ख का सभापति बिनोद चालिसे लगायतका अतिथिहरु रहेका  थिए ।

उक्त कार्यक्रममा वक्ताहरुले स्व. गिरिजा प्रसाद कोईरालालाई सम्झिदै नेपालको राजनीतिमा उनको योगदानको बारेमा चर्चा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।