चिसो कम हुँदै गएपछि रसुवामा पर्यटकको आगमन बढ्यो
कपन अनलाइन
रसुवा ,चैत्र ६ /सुजन तामांग
चिसो कम हुँदै गएपछि रसुवामा पर्यटकको आगमन बढ्दै गएको छ। कोभिड-१९को कारण गर्दा रसुवाको अधिकांश ठाउँ सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रहरूमा अहिले गर्मी बड़े सँगै पर्यटक को आगमन पनि बढिरहेको छ।
धार्मिकस्थल गोसाइँकुण्ड को दर्शन एबम् प्राकृतिक छटाको अवलोकन गर्ने संख्या बढ्न थालेको छ साथै लाङटाङ तथा तामाङ सम्पदा मार्ग(Tamang heratige)मार्गमा बढी आउने देखिएको छ । हिमाली भेगको हिमपात पक्लिन थालेपछि क्रमशः पर्यटकहरूको आगमन बढ्न थालेको स्थानीय व्यवसायी ले बताएको छन्। गोसाइँकुण्ड दर्शन गर्ने दैनिक २०/२५जानको संख्या मा बढी रहेको छन्।
पर्यटक बढे सँगै त्यहाँको व्यवसायिहरुले भोजन तथा बासको प्रबन्ध मिलाउनका साथै खाद्य भण्डार र सुत्नका लागि लाजहरुको व्यवस्था मिलाईएको छन् । रसुवा क्षेत्रमा २०५७/०५८ मा स्थापना गरिएको ब्रदिम घर बास(home stay) पर्यटक को लागि आकर्षण बन्दै गएको छ। घरबास (home stay) म पुग्न साथ पहिला पाहुनाको स्वागत गरी बासस्थानको घर तोक्ने र स्थानीय खाना खुवाउने व्यवस्था रहेको छ।
उता तामाङ्ग सम्पदा मार्ग(Tamang heratage) अन्तर्गत गोल्जुङ को छमगङ डाँडामा जहाँ लाङटाङ हिमाल, गणेश हिमाल र तिब्बतको हिमाल देख्नु का साथै वरिपरि मनोरम दृष्य हरु देख्न पाउँछ साथै तल गाउँमा झरे पछि स्थानीय भेषभुषा र सांस्कृतिक परम्पराको आनन्द लिन आउने आन्तरिक तथा बाह्य पर्यटहरुको आगमन हुन थालेको स्थानीय युवा सुजन तामाङ्ग बताउछन ।
यसै तामाङ्ग सम्पदा मार्गको अर्को गतलङ मा रहेको छोडिङमाे(पार्वती कुण्ड) , स्थानीय परिकार, परम्परागत भेषभुषा, चौरी गाईको बथान को अवलोकन गर्नका निम्ति दिन प्रतिदिन पर्यटकहरू बढिरहेको छ। खानपिन र बसोबासको निम्ति कुनै समस्या नपर्ने र हिमाली प्राकृतिक छात, स्थानीय भेषभुषा , साँस्कृतिक परम्परा को अवलोकन गर्न का निम्ति पर्यटकहरूको आगमन बढ्न थालेको छ। रसुवा जिल्ला चीन संग जोडिएको भएता पनि कोरोना सङ्क्रमण सुन्य रहेकोछ।
(सुजन तामांग सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )