सीटीइभीटीको प्रश्नपत्र आउट,पांच जना पक्राउ

सीटीइभीटीको प्रश्नपत्र आउट,पांच जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ६।

सीटीइभीटीको प्रश्नपत्र आउट गरेको आरेपमा जनकपुरबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित भैरवचोकबाट प्रश्नपत्र आउट गरेको भन्दै ५जनालाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भैरवचोकस्थित एक फोटोकपी पसलबाट प्रश्नपत्र आउट गरी फोटोकपी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ। मिश्रले अनुसन्धानमा प्रभाव पर्नसक्ने भन्दै उनीहरूको नाम गोप्य राखिएको बताए। उनले यस विषयमा थप अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात सबैको नाम सार्वजनिक गरिने जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।