कागेश्वरी मनोहरा नगरपालिकामा निरन्तरता पाउदै ‘टोल टोलमा मेयर’ अभियान
कपन अनलाइन
काठमाडौं, चैत्र ५ ।कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले शुरु गरेको टोल टोलमा मेयर अभियानले निरन्तरता पाएको छ। नगरमा भए गरेका विकास निर्माणका कामहरुको अनुगमनमा संगै स्थानीयको गुनासो तथा भाबि योजनाको लागि छलफल गर्ने उदेश्य सहित शुरु गरिएको उक्त अभियानले चैत्र महिनामा पनि निरन्तरता पाएको हो । उनले तालिकानै बनाएर प्रत्येक महिनाको १ गते देखी ९ गते सम्म १ देखी ९ वडा सम्म नियमित रुपमा विकास कार्यको अनुगमन गर्दै आएका छन ।
नगरका टोल टोलमा पुगी त्यहा भए गरेका विकास निर्माणको निरीक्षण गर्नुको साथै बिकासका काम कामहरु गुणस्तरिय र दिगो हुनुपर्ने भन्दै स्थानीय संग छलफल समेत गर्दै आएका छन।नगरमा सुशासन कायम गर्ने अभियानका साथ साथै विकास निर्माणलाइ पनि गति दिने उदेश्यले उनि टोल टोलमा मेयर अभियानलाइ एक साथ अघि बढाउदै कागेश्वरी मनोहरा नगरपालिकाका प्रत्येक वडाका टोल टोलमा पुगिरहेका छन ।
निर्वाचन दौरानमा प्रमुख थापाले जनता संग गरेको प्रतिबद्धतालाइ पुरा गर्नको लागि जनताको माझमा पुगेका हुन् । आफ्नो पांच बर्षे कार्यकालको दौरान तीन वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख जनताको माझमा पुगी भए गरेका काम प्रगती र आगमी दिनमा योजनामा समाबेश गर्नु पर्ने बिकासका बिषयमा वडा बासी संग छलफल गर्दै आएका छन ।आफ्नै टोलमा नगर प्रमुखलाई भेट्न पाएकोमा टोलबासीहरु खुशी र हर्षित हुदै आगामी दिनमा गर्न पनि काम को बारेमा सुझाएका थिए ।