मदन नगर बल्खुमा नेकपा एमाले सम्पर्क समन्वय कमिटीको सरसफाई
कपन अनलाइन
काठमाडौं ,चैत्र ३।
नेपाल कम्युनिस्ट पार्टी एमाले सम्पर्क समन्वय कमिटीले मदन नगर बल्खुमा सरसफाई गरेको छ। नेकपा एमालेको कार्यालय रहेको मदन नगर बल्खुमा भएको सरसफाई कार्यक्रममा सम्पर्क समन्वय कमिटी ,जिल्ला सम्पर्क मंचहरु र विभिन्न सम्पर्क कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
२०७२ शालको भूकम्पले क्षेती भएको अवस्था भन्दा अगाडी नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको फोहोर व्यवस्थान तथा सो क्षेत्रको सरसफाई गरिएको कार्यक्रमका एक सहभागीले बताएका छन।
देश भरका नेता तथा कार्यकर्ताहरुले निकै स्नेह र सम्मानका साथ माया गर्ने सो स्थानमा नया कार्यालय भवन निर्माण हुने क्रममा रहे पनि नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासका धेरै घटना क्रमको साक्षी रहेकोले त्यहि बाट सरसफाई सहित अभियान शुरु गरिएको एक नेताले बताएका छन।
तपाइँको प्रतिक्रिया ।