बालश्रम अन्त्यका लागि सञ्चार अभियानका बारेमा छलफल
कपन अनलाइन
काठमाडौं ,चैत्र २।
बाल विकास समाज र विश्व शिक्षाको संयुक्त साझेदारीमा गोकर्णेश्व नगरपालिका काठमाडौ, सुर्यविनायक र चाँगुनारायण नगरपालिका भक्तपुरका प्रतिनिधि तथा समुदायमा आधारित संस्थाहरुका प्रतिनिधिहरुलाई दुई दिने सामाजिक व्यवहार परिवर्तन सञ्चार अभियानका विषयमा अभिमुखीकरण छलफल सम्पन्न भएको छ ।
छलफल सक्रिय परियोजना अन्तर्गत सञ्चालन गरिएको हो । सो अभिमुखीकणमा एन्टीना फाउन्डेसन नेपालले सहजिकरण गरेको थियो । विशेषगरी बालश्रम न्युनिकरणका लागि स्थानीय सरकार तथा समुदायमा आधारित संस्थाहरुसँग समन्वय तथा सहकार्यगरी सामाजिक व्यवहार परिवर्तनलाई सञ्चारको माध्यमबाट कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।
कार्यक्रममा बाल विकास समाजका कोषाध्यक्ष सुनिता खनालले यो छलफलबाट बालश्रम अन्त्यका लागि सरोकारवाला निकायहरुको भुमिका पहिचान हुने र स्थानीय सरकार समुदायमा आधारित संस्थाहरुसँगको सहकार्यका थप उर्जा मिल्ने विश्वास व्यक्त गरेका थिए ।
आर्थिक अवस्थालाई बालश्रमको कारणको रुपमा अभिभावकहरुले बुझ्ने गरेका र अर्थिक विपन्नता नै बालश्रमको कारण प्रमुख नहुने सम्बन्धमा पनि छलफल भएको थियो ।
छलफलमा नगरपालिकाका समाजिक विकास शाखाका प्रमुखहरुले बालश्रम अन्त्यका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने र सामाजिक व्यवहार परिवर्तन सञ्चार अभियान अगाडी बढाउन र यस कार्यमा सहभागी हुनु राम्रो मौका भएको बताएका थिए । बालश्रम अन्त्य गर्ने सन्दर्भमा समाजमा रहने आम मानिसको धारणा परिवर्तन हुनुपर्ने र विशेषगरी उद्योग चलाउने रोजगारदाताहरुले कानुनको ख्याल गरी सोही अनुसार बालबालिकाहरुलाई काममा नलगाउने व्यवहारिक अभ्यासको थालनी गराउनका लागि पनि यो छलफल महत्वपूर्ण भएको देखिन्छ । छलफलमा समुदायमा आधारित संस्थाहरुले सामाजिक व्यवहार परिवर्तन सञ्चार अभियान नयाँ विषय भएपनि यसको महत्व निकै रहेको कुरा बताएका थिए ।
छलफलको समापन सुर्यविनायक नगरपालिकाकी उप प्रमुख जुना बस्नेतको प्रमुख अतिथ्यतामा गरिएको थियो । सोही क्रममा नगरपालिकाकाकी उप प्रमुख बस्नेतले बालश्रम अन्त्यका लागि यो छलफल निकै उपलब्धीमुलक रहेको र छलफलमा उठेका विषय सहभागीहरुबाट थाहापाउदा आगामी दिनमा सामाजिक व्यवहार परिवर्तन सञ्चार अभियान स्थानीय सरकारले पनि बालश्रम अन्त्यका लागि सञ्चालन गर्न सक्ने कुरा उल्लेख गरेकी थिइन् ।
बालश्रम अन्त्य गर्ने दायित्व हामी सबैको भएको र सोही अनुसार बाल विकास समाजकै प्राविधिक अगुवाइमा नगरपालिकाले स्थानीय स्तर तथा वडास्तरमा बालबालिका सम्बन्धी ऐनलाई टेकेर नयाँ संरचना बालअधिकार समिति गठन गरेको कुरा पनि जानकारी गराएका थिए । नगरपालिकाले समिति गठनगरी समस्यामा परेका नगरभित्रका सबै बालबालिकाहरुको समस्याहरुलाई सम्बोधन गर्ने गरी अगाडी बढेकोसमेत जानकारी गराएका थिए। सामाजिक व्यवहार परिवर्तनका निम्ती सञ्चार अभियान छलफलका आयोजक सहयोगी सबैलाई धन्यवाद दिदै आगामी दिनमा बालश्रम अन्त्यका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न सुर्यविनायक नगरपालिका सधै तयार रहेको बताउदै छलफलको समापन गरेका थिए ।