समाजसेवी इश्वर प्रसाद सापकोटाले आफ्नो जन्मदिन असाहाय बाछा बाछीलाइ सहयोग गरि मनाए

समाजसेवी इश्वर प्रसाद सापकोटाले आफ्नो जन्मदिन असाहाय बाछा बाछीलाइ सहयोग गरि मनाए

कपन अनलाइन

काठमाडौं, फागुन २७ ।असाहाय बाछा बाछी संरक्षण केन्द्र गोठाटारमा खाद्यान्न तथा आर्थिक  सहयोग गरिएको छ। सापकोटा कल्याण समाजका अध्यक्ष तथा ईस्ट पोल उच्च मा बि र ईष्टपोल  इन्टरनेसनल कलेजका संस्थापक अध्यक्ष शिक्षाविद समाजसेवी इश्वर प्रसाद सापकोटाले आज फागुन २७ गते आफ्नो जन्म दिनको अवसर पारेर  परित्यक्त र दुर्घटनामा परेका गाई,गोरु, बाछा बाछी संरक्षण केन्द्र गोठाटारमा  खाद्यान्न तथा उनीहरुको संरक्षण तथा औषधोपचारका लागि रु दश हजार  ५ सय रुपैया आर्थिक सहयोग गरेका छन् ।

उनि स्वयं उपस्थित भएर बाछा बाछी असाहय संरक्षण केन्द्रका सामाजिक अभियन्ता उत्तम पुडासैनीलाइ  सहयोग  रकम हस्तान्तरण गरिएको थियो ।

 विभिन्न चाडपर्व तथा पारिवारिक उत्सवहरुमा हुने फजुल खर्चलाई कटौती गर्दै समाजको ध्यानाकर्षण गराउन आफूले  सहयोग गरेको बताउने सापकोटाले सबैले आफ्नो जन्मदिन लगायत अन्य विभिन्न उत्सब हरुमा कुनै एक दिन भएपनी अनाबश्यक खर्च गरेर पाटीको आयोजना गरि जन्मदिन अथवा उत्सब मनाउनु भन्दा समाजमा फरक काम गरिरहेकाहरुलाई प्रोत्साहन स्वरुप सक्दो सेवा र सहयोग गर्न सक्ने हो भने मानवीय कर्तब्य पुरा हुने बताएका छन। अभियन्ता उत्तम पुडासैनीले बाछा बाछिको लागि गरेको सहयोगको लागि धन्यवाद दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।