गोकर्णेश्वर नगरपालिकामा एनटिबायोटिक रेसिस्टेन्स र यसको असरहरुबारे कार्यशाला गोष्ठी

गोकर्णेश्वर नगरपालिकामा एनटिबायोटिक रेसिस्टेन्स र यसको असरहरुबारे  कार्यशाला गोष्ठी

कपन अनलाइन 

काठमाडौँ, फागुन २७।  गोकर्णेश्वर नगरपालिका संगको  सहकार्यमा स्थानीय तहमा देशमै पहिलो पल्ट सप्पन्न “प्रतिजैविक प्रतिरोध विरुद्धको संस्था”ले एनटिबायोटिक रेसिस्टेन्स र यसको असरहरुको सम्बन्धमा कार्यशाला गोष्ठी सप्पन्न  गरेको  छ । नगरपालिकाको सभा हलमा फागुन २६ गते भएको सो कार्यक्रमको अध्यक्षता  संस्थाका संस्थापक अध्यक्ष डा. सतिश कुमार देवले  गरेका थिए। सो कार्यक्रममा  भने प्रमुख अतिथिको रुपमा  नगर प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा  नगर उप-प्रमुख शान्ति नेपाल सहित   बिभिन्न वडाका जनप्रतिनिधि  हरुको उपस्थिति रहेको थियोे। कार्यक्रममा डा. समीर मणि दिक्षित र डा. राकेश चन्दले एनिटबायोटिक रेसिस्टेन्स र यसको असरहरुको बारेमा  जानकारी गराएका  थिए ।

 कार्यक्रमलाइ सम्बोधन गर्दै  नगरपालिकाका  प्रमुख तथा उप- प्रमुखले सो कार्यक्रमलाई तल वडा तहमै लग्ने र प्रत्येक नागरिकको पहुचमा पुर्याउन नगरपालिकाबाट उचित सहयोग  रहने बताएका थिए  । त्यसै गरि नगरपालिका अरु प्रतिनिधिहरुले कार्यक्रमले दिएको संदेश एकदमै राम्रो रहेको भन्दै सम्पूर्ण टिमलाई अगामी दिनका लागी शुभकामना  दिएका थिए  ।सो कार्यकर्मको निरन्तरता  दिदै आगामी शनिवार गोकर्णेस्वर को ओसिस  पार्टी  प्यालेसमा  कार्यक्रम गर्न लागिएको पनि जानकारी गराइएको थियो  ।

तपाइँको प्रतिक्रिया ।