कपन क्षेत्रका महिलाहरु विभाजित हुँदा खल्लो बन्यो १११ औ अन्तरास्ट्रिय नारी दिवस

कपन क्षेत्रका महिलाहरु विभाजित हुँदा खल्लो बन्यो १११ औ अन्तरास्ट्रिय नारी दिवस

कपन अनलाइन

काठमाडौं ,फागुन २४।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं १० ,११ र १२ रहेको कपन क्षेत्रका अगुवा महिलाहरु र महिला समुहहरु विभाजित बन्दा  १११ औ अन्तरास्ट्रिय नारी दिवस खल्लो बनेको सहभागीहरुले प्रतिक्रिया दिएका छन।

साविक कपन गाविस हुँदा देखि नै एकीकृत रुपमा नारी दिवस मनाउदै आएका कपनका महिला समुहहरुमा देखिएको द्वन्दका कारण विगत एक दशक देखि निरन्तर कायम रहेको गौरवपूर्ण इतिहास २०७७ शाल फागुन २४ गते बाट अन्त्य भएको भन्दै सो क्षेत्रका महिलाहरुले चर्को असन्तुस्टी ब्यक्त गरेका छन।

हरेक वर्ष नारी दिवसका दिन महिला समुहका ब्यानर र सहभागीले भरी भराउ हुने कपन ह्यान्डबल मैदानमा  फागुन २४ गते भने वडा नं १० का मात्र सहभागी देखिन्थे।

त्यस्तै वडा नं १२ ले छुट्टै कार्यक्रम आयोजना गरेर इभर साइन पार्टी प्यालेसमा नारी दिवस मनाएको थियो भने वडा नं ११ मा कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेको सुचना गरिएको थिएन।

विगतका वर्षहरुमा वडाहर्यु विच व्यवस्थापनको जिम्मेवारी दिएर एकीकृत कार्यक्रमलाई उत्सवका रुपमा मनाउदै आएका महिला समुह र कपन क्षेत्रका केहि महिला आन्दोलनका अगुवाहरुको गैर जिम्मेवार र महिला विरोधी मानसिकता कारण गौरव पूर्ण इतिहास गुमेको एक महिला समूहकी अध्यक्षले प्रतिक्रया दिएकी छन।

कपन क्षेत्रमा महिला समुहहरुको वृति विकास र संजाल विस्तारलाई आफ्नो पेवा झैँ मानेर सर्वेसर्वा हुने प्रवृतिका कारण यो नियति भोग्नु परेकोमा आक्रोस व्यक्त गर्दै उनले सौताको रिसले घरमा आगो लगाए झैँ भएको प्रतिक्रिया दिएकी छन।

कपन क्षेत्रमा देखिएको महिलाहरु विवादका कारण कतिपय वडा नं १० र ११ का महिला अगुवाहरु वडा नं १२ को कार्यक्रममा निकै सक्रिय देखिएको र  कतिपय समुहका प्रतिनिधिहरु कार्यक्रममा आउने मन भए पनि अनेक अदृश्य दवाव ,डर ,धम्कि र प्रलोभनको मारमा परेको महसुस भएको वडा नं ११ को एक महिला समूहकी अध्यक्षले जानकारी दिएकी छन।

त्यस्तै आफ्नो गौरवपूर्ण इतिहास नामेट हुँदा पनि कतिपय महिला अगुवामा हिनताबोध देखिनु भन्दा पनि एकले अर्कालाई देखाइदिएको भाव प्रस्ट देखिएको भन्दै वडा नं १२ को एक महिला समूहकी अध्यक्षले मुखियाहरुले नै बाटोमा हग्न थाले पछि केहि गर्न नसक्ने भन्दै लाचारी व्यक्त गरेकी छन।

सधै कार्यक्रममा  लाभ पाइदा घाटी जोड्ने र नपाईदा झगडा गर्ने प्रवृतिको सिकार बनेको सिमित गिरोहको चलखेल र नचाहिदो द्वन्द ,विवाद र झगडा बाट आजित बनेका जनप्रतिनिधिहरुले पनि यस पटक एकीकृत कार्यक्रम आयोजनामा उदासिनता देखाएको वडा नं १० को एक महिला समूहकी अध्यक्षले बताएकी छन। तर यसले सिमित स्वार्थ प्रेरित गिरोहलाई देखाई दिने  बहानामा कपन क्षेत्रका महिला हरुको एकीकृत पहलको पहिचानलाई भने निकै गम्भीर अशर पुग्ने उनको धारणा रहेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।