धादिङको खनियाबास गाउँपालिकामा बृहत सोनाम ल्होछार तथा संस्कृति कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,फागुन २३ / सुबास तामाङ
धादिङ जिल्लाको खनियाबास गाउँपालिकामा बृहत सोनाम ल्होछार तथा संस्कृति कार्यक्रम सम्पन्न भएको छ ।
खनियाबास गाउँपालिका वडा नं ४ स्थित दर्खा सामुदायिक विकास समाज तथा खनियाबास गाउँपालिका वडा नं ३/४ को संयुक्त आयोजनामा सो बृहत सोनाम ल्होछार तथा संस्कृति कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा खनियाबास गाउँपालिकाका प्रमुख रण बहादुर तामाङ , उपप्रमुख यो माया तामाङ , वडा अध्यक्षहरु तथा तामाङ पत्रकार डोल्मा मनाङथेन्, सन्दिप श्याङथेन्,गाउँपालिकाका अधिकृत बालकृष्ण नेपाली लगायत अतिथि रहेका थिए।
सो कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु प्रिती आले मगर, दिलकुमार तामाङ,यु बि माङ्ग्रेस , रोशन फ्युवा मोडेल अञ्जली अधिकारी श्याम माया तामाङ लागत कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रमका संयोजक दर्खा सामुदायिक विकास समाजका अध्यक्ष तेज सिँ गुरुङले जानकारी दिएका छन।
स्थानीय कलाकारहरुको प्रस्तुति पछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि रण बहादुर तामाङले सोनाम ल्होछारको शुभकामना दिएका थिए।
(सुबास तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )