बागमती खेलकुद परिषद र बक्सिङ संघबीच सम्झौता

बागमती खेलकुद परिषद र बक्सिङ संघबीच सम्झौता
कपन अनलाइन
काठमाडौं ,फागुन २२ ।
बागमती खेलकुद परिषद् र नेपाल बक्सिङ संघबीच प्रशिक्षक तालिमका लागि शुक्रबार सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा बागमती खेलकुद परिषदका सदस्य–सचिव सूर्यलाल भण्डारी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार तालिममा प्राविधिक सहयोग नेपाल बक्सिङ संघको रहने छ भने बागमती खेलकुद परिषद्ले नेपाल बक्सिङ संघलाई तालिम सञ्चालनका लागि ६ लाख रुपैयाँ उपलब्ध गराउने नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । चैत २६ गतेदेखि काभ्रेमा सुरु हुने तालिममा ३० प्रशिक्षकको सहभागिता रहने छ । स्थानिय आयोजकमा काभ्रे जिल्ला खेलकुद विकास समिति रहेको छ
तपाइँको प्रतिक्रिया ।