उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रश्न : प्रधानमन्त्रीलाई पदच्यूत गर्न तानावाना बुनिरहेकाहरू कसको स्वार्थमा काम गरिरहेका छन् ?

कपन अनलाइन
काठमाडौं ,फागुन २१।
नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले  राष्ट्रिय स्वार्थमा महत्वपूर्ण र ऐतिहासिक भूमिका पुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहीवेला पदच्यूत गर्न तानावाना बुनिरहेकाहरू कसको स्वार्थमा काम गरिरहेका छन् ? भनेर प्रश्न गरेका छन।
नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी विच सहमति पत्रमा हस्ताक्षर भए पश्चात सामाजिक संजालमा प्रतिक्रिया दिदै उपप्रधानमन्त्री पोखरेलले अब हिंसा र विखण्डनका विषयहरू आधारभूत रूपमा समाधान भएको धारणा राखेका छन।
देशभित्रका समस्यालाई समाधान गर्न विखण्डनको नारा लिएर देखापरेका सिके राउत मुलुकको मूलधारको राजनीतिमा सामेल  भएको भन्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो समयमा जिम्मेवारी निर्वाह गरिरहेका प्रधानमन्त्रीलाई हटाउने खेल प्रति प्रश्न गरेका हुन्।
उपप्रधानमन्त्री पोखरेलको सन्देस :
ऐतिहासिक काम – महत्वपूर्ण उपलब्धि !!
मुलुकमा देखापरेका समस्यालाई शान्तिपूर्ण तरिका र संवादका माध्यमबाट समाधान गर्दै अगाडि बढ्ने साझा संकल्प र अठोटमा पुगेको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसित नेपाल सरकारले सहमती गरेको छ ।देशभित्रका समस्यालाई समाधान गर्न विखण्डनको नारा लिएर देखापरेका सिके राउत मुलुकको मूलधारको राजनीतिमा सामेल भैसक्नु भएकोछ । अब हिंसा र विखण्डनका विषयहरू आधारभूत रूपमा समाधान भएका छन् ।राष्ट्रिय स्वार्थमा महत्वपूर्ण र ऐतिहासिक भूमिका पुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहीवेला पदच्यूत गर्न तानावाना बुनिरहेकाहरू कसको स्वार्थमा काम गरिरहेका छन् ?
तपाइँको प्रतिक्रिया ।