बाल संसार स्कुल तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश
कपन अनलाइन
काठमाडौँ, फागुन २०। गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना गरिएको तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको बिहिबार प्रि क्वाटरफाइनलका खेलहरु समपन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउ स्थित नेपालय इंगलिस पब्लिक स्कुल को खेल मैदानमा संचालन भएको सो प्रतियोगीतामा गोकर्णेश्वर नगरपालिका भित्र संचालनमा रहेका कुल २४ वटा बिध्यालयका बिद्यार्थीहरुको टिमले सहभागीता जनाएका छन ।
स्व. चक्रबहादुर ठकुरीले पुर्याएको योगदानको स्मरण गर्दै शैक्षिक ज्ञान र शीप विकास र कौशलको माध्यमबाट आचरण सुधार गर्दै आपसी भाइचारा र शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाइ बिद्यालय तह देखि नै प्रतिभावान खेलाडी उत्पदान गर्न सहयोग पुगोस भन्ने हेतुले आयोजना गरिएको सो प्रतियोगिताका संयोजक संगम थापा श्रेष्ठले जानकारी गराएका छन ।
फागुन १५ गते देखि शुरु भएको सो प्रतियोगीताको आज पहिलो प्रि क्वाटरफाइनल खेल गोकर्णेश्वर लाइट एकेडेमी र बाल संसार स्कुल बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा बाल संसार स्कुलले गोकर्णेश्वोर लाइट एकेडेमीलाइ १-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ उक्त खेलमा बाल संसारका जर्सी नं ११ का लक्ष्मण गुरुङ(लाक्पा)ले गरेको एक गोल नै निर्णायक गोल बन्न पुग्यो।
एक गोलले पछि परेको गोकर्णेश्वर लाइट एकेडमीले खेलमा फर्कन प्रयास गरे पनि उक्त प्रयास सफल हुन सकेन ।अन्तत बाल संसार स्कुल संग १-० गोल अन्तरले पराजित हुदै गोकर्णेश्वर लाइट एकेडमी खेल बाट बाहिरिएको छ।उक्त खेलमा बाल संसारका जर्सी नं ११ का खेलाडी लक्ष्मण गुरुङ(लाक्पा) म्यान अफ द म्याच घोसित भए ।उनलाई गोकर्णेश्वर लाइट एकेडमीमा प्रिन्सिपल सौर्यनाथ आचार्यले म्यान अफ द म्याचको टि सर्ट प्रदान गरेका थिए।
विद्यार्थीहरुको पढाईमा असर नपुग्ने गरी विहान, बेलुका गरी खेल संचालन गरिदै आएको सो प्रतियोगितामा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।