छहारी युवा क्लब द्वारा आयोजित तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिता उद्घाटन

छहारी युवा क्लब द्वारा आयोजित तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिता उद्घाटन

कपन  अनलाइन

काठमाडौँ, फागुन २०। गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना  गरिएको तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको  बुधबार उद्घाटन गरिएको छ। फागुन १५ गते बाट गोकर्णेश्वर नगरपालिका भित्र  संचालनमा रहेका कुल २४ वटा  बिध्यालयका  बिद्यार्थीहरुको  सहभागीता रहको सो  प्रतियोगिताको गोकर्णेश्वर  नगरपालिकाकि उप प्रमुख शान्ती नेपालले रेफ्रीलाइ बल हस्तान्तरण गरि उद्घाटन गरेकी हुन् ।

  गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपालय इंगलिस पब्लिक स्कुलको खेलमैदानमा संचालन भई रहेको सो  प्रतियोगिता उद्घाटन कार्यक्रममा  स्व. चक्र बहादुर ठकुरीका सुपुत्र नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य एवम् युवा नेता विमल ठकुरी,  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना वडा सदस्य नन्दलाल श्रेष्ठ , वडा सदस्य डम्बर बहादुर श्रेष्ठ, वडा सचिब सुदिप हमाल ,  गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण सुबेदी, वडा नं ६ का वडा अध्यक्ष  रमेश अर्याल, समाजसेवी दिपकसिंह भण्डारी ,गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा,

  खेलकुद बिज्ञ दिपक लामा नेपाली कांग्रेसका युवा नेता लाल बहादुर लामा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ क्षेत्रीय समितिका कोषाध्यक्ष किरण के.सी., नेपाली कांग्रेस गोकर्णेश्वर नगरकमिटिका कोषाध्यक्ष कुमार लामा, नेपाल तरुण दल गोनपा ८ का अध्यक्ष हेरेन्द्र लामा,  गोकर्णेश्वर फुटबल संयोजक विकास राई, टेबुलटेनिस संयोजक हरि श्रेष्ठ, छहारी क्लबका संस्थापक अध्यक्ष लक्ष्मण श्रेष्ठ, समाजसेवी दिपक सिंह भण्डारी, समाजसेवी भोला श्रेष्ठ, डा सञ्जय आचार्य, छहारी युवा क्लबका सचिव तथा नेपालय पब्लिक स्कूलका म्यानेजिङ डाईरेक्टर बुद्ध  श्रेष्ठ जोरपाटि युवा क्लबका अध्यक्ष साम्देन लामा, मनास्लु वर्ल्ड  कलेजका प्रिन्सिपल राजन श्रेष्ठ, रिम्स स्कुलका प्रिन्सिपल बालमुकुन्द कार्की,  लगायत   बिभिन्न महिला समूहका पदाधिकारी, खेल प्रेमी दर्शक तथा खेलाडीहरुको उपस्थिति रहेको थियो। छहारी युवा क्लबका  अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संचालन निमा लामा र खेल संयोजक संगम थापा श्रेष्ठले गरेका थिए।

  उद्घाटन  समारोहमा नेपाली कांग्रेस सुचना तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य विमल ठकुरी, अतिथी गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, समाजसेवी दिपक सिंह भण्डारी, छहारी क्लबका अध्यक्ष कुमार श्रेष्ठ  खेल बिज्ञ दिपक लामा लगायतले स्वर्गीय चक्रबहादुर ठकुरीको सामाजिक, राजनीतिक व्यक्तित्वका बारेमा  बताउदै गोकर्णेश्वर क्षेत्रको विकासमा स्वर्गीय ठकुरीले पुर्याएको  योगदानको बारेमा चर्चा गरेका थिए  । स्वर्गीय चक्रबादुर ठकुरीबाट प्रेरणा लिनेहरु समाजमा धेरै रहेको भन्दै  सामाजिक विकास, स्वस्थ राजनीति र अनुशासित जीवनका लागि  ठकुरीबाट  धेरै कुरा सिक्न आवश्यक रहेको  बताएका थिए ।  चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता आयोजना गरेर  सच्चा सम्मान र श्रद्धाञ्जली दिने कार्य प्रशंसायोग्य रहेको  बताएका थिए ।

कार्यक्रममा   प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख  शान्तिले स्वर्गीय चक्रबहादुर ठकुरी नेपाली कांग्रेसका होनहार नेता मात्र नभई सामाजिक विकासका अभियन्ता समेत भएको उल्लेख गरेकी  थिईन  स्व. ठकुरी सबैको लागि मार्ग निर्देशक रहेको भन्दै आफु पनि उनले देखाएको पथमा अघि बढिरहेको  उल्लेख गरेकी थिइन्  । युवाहरुलाई देश विदेशका विभिन्न खेलका खेल्न योग्य खेलाडी उत्पादन गर्ने उदेश्यका साथ नगरपालिकाले खेलकुदका कार्यक्रमहरुलाई जोड दिएको  बताउदै युवाहरुको प्रतिभा र खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै नगर खेलकुद समितिमार्फत प्रतियोगिता  आयोजना गरिएको प्रष्ट पार्दै यस्ता खालका प्रतियोगिताले नै प्रतिभावान खेलाडी जन्मने बताएकि थिइन्  ।  कार्यक्रममा नेपालय इंगलिस स्कुलका  बिद्यार्थीहरुले आकर्षक नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।

  सो प्रतियोगिताको उद्घाटन खेल रिम्स स्कुल र  अरुणोदय माबी बीच भएको थियो निकै नै  प्रतिस्पर्धात्मक बनेको सो खेल १-१ गोलको बराबरीमा सकिए पछि रेफ्रीले पेनाल्टी शुट आउट मार्फत निर्णय लिएका थिए। जसमा  अरुणोदय माबीले रिम्स स्कुललाइ ४-३ गोल अन्तरले पराजित गर्दै  अर्को चरणमा प्रवेश गरेको छ ।

त्यसै गरि बुधबार नै भएको दोस्रो खेल  सांग्रिला स्कुल र त्रिकोण  स्कुल बीच भएको थियो उक्त  खेलमा सांग्रिला स्कुलले त्रिकोण  स्कुललाइ ३-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ सांग्रिलाको लागि जर्सी नं ११  का चन्द्र मणि राइले २ गोल गरे भने जर्सी नं २ का रोहित बम्जनले १ गोल गर्दै टिमलाइ बिजयी बनाएका थिए त्रिकोणकको तर्फ बाट कुनै पनि गोल हुन सकेन ।

 त्यसै गरि बुधबार नै भएको अन्तिम खेल नेपालय  स्कुल र होलि एन्जल्स स्कुल बीच भएको थियो ।निकै नै प्रतिस्पर्धात्मक रहेको सो खेलमा होलि एन्जल्स स्कुलले नेपालय स्कुललाइ १-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।  होलि एन्जल्स को लागि जर्सी नं ९ का खेलाडी साजन सिंग्तनले गरेको  गोल नै निर्णायक गोल बन्न पुग्यो ।

खेलाडी विद्यार्थीहरुको पढाईमा असर नपुग्ने गरी विहान, बेलुका गरी खेल संचालन  गरिदै आएको सो प्रतियोगितामा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।