राजनीतिको गर्मीले तातेको शितल बुढानिलकण्ठ …

कपन अनलाइन

काठमाडौं ,फागुन १४।

काठमाडौं जिल्लाको उत्तरी भेगमा रहेको शिवपुरी पर्वत शृंखलाको काखमा रहेको बुढानिलकण्ठ अहिले राजनीतिको गर्मीले तातेको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको रुद्रमती (धोवीखोला ) को मुहान धोवीढुंगा र बुढानिलकण्ठ मन्दिरको समिपमा रहेको कांग्रेस सभापति शेर बहादुर  देउवा निवास अहिले राजनीतिको केन्द्रमा रहेको छ।

नेपालको रास्ट्रिय राजनीतिमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरे संगै अहिले उनकै थर बाट नामाकरण गरिएको देउवा चोक बाट दर्जनौ विसिस्ट व्यक्तिहरुका सवारीहरु  यात्रा गरिरहेका छन।

प्राकृतिक,धार्मिक र आध्यात्मिक वातावरणमा निकै शान्त र पावन बुढानिलकण्ठमा केहि दिन देखि निरन्तर पुर्व प्रधानमन्त्री,राजदुत ,नेताहरु देउवा निवासमा आइरहेको एक स्थानीयले बताए। यो भन्दा अगाडी यति धेरै विसिस्ट व्यक्तिहरुको चहल पहल नदेखेको बताउदै उनले एकै समय यति धेरै नेता देखेको सुनाए।

प्राचिन समयमा शिव लोकका रुपमा परिचित शिवपुरी बाबा र खप्तड बाबाको तपस्थल बुढानिलकण्ठ अवको केहि समय राजनीतिको केन्द्र बन्ने बताउदै एक स्थानीयले अवको राजनीतिले  बुढानिलकण्ठ-बालुवाटार-खुमलटार-कोटेश्वरको चक्कर लगाउने अनुमान गर्न सकिने धारणा राखेका छन।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।