बागमती प्रदेशका विभिन्न जिल्लामा १० स्थान हिल स्टेसन घोषणा

कपन अनलाइन

काठमाडौं ,फागुन १३ /आस्था कुमारी तामाङ

प्रदेश सरकारले विभिन्न जिल्लाका उच्च पर्यटकीय क्षेत्रहरुलाई हिल स्टेसन घोषणा गरेको छ।प्रदेशमा पर्यटन प्रवर्धन तथा उद्धमशिलता विकासका लागि १० स्थानलाई हिल स्टेशन घोषणा गरिएको हो।

बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकको मुडे, मकवनपुरको चित्लाङ–इन्द्रसरोवर, नुवाकोटको ककनी, दोलखाको जिरी,रामेछापको शिवालय, धादिङको रुवीभ्याली,रसुवाको  सोम्दाङ्, ललितपुरको कालेश्वर, चितवनको सुराईचुली,रसिन्धुलीको सिन्धुलिगढीलाई हिल स्टेसनका रुपमा विकास गर्नाका लागि योजना सहित बजेट विनियोजन गरेको हो।

” पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार” भन्ने नारा तय गरेको प्रदेश सरकारले हालसम्म ३८योजनको ठेक्का सम्झौता गरेको जानकारी दिएको छ।

हालसम्म ४५ वटा पर्यटन पद मार्ग  निर्माण गरेको प्रदेशसरकारले ४३कि.मी. पर्यटन मैत्री सडक निर्माण सम्पन्न गरेकोछ। पर्यटन पुर्वाधार निर्माणका लागि ९०करोड रकम खर्च गरेको प्रदेश सरकारले विभिन्न स्थानलाई नमूना पर्यटन गन्तव्य पनि घोषणा गरी सकेको   छ।

(आस्था कुमारी तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

 

तपाइँको प्रतिक्रिया ।