यज्ञराज सुनुवारलाई साथ दिने निर्णय गरियो ….

कपन अनलाइन

काठमाडौं ,फागुन १०/ सन्तोष कुमार बस्नेत

युवा एउटा परिवर्तन संवाहक हुन जसले चाहेमा एउटा आधीबेहेरी र फरक किसिमको युगान्तकारी परिवर्तनमा नेतृत्व गर्न सक्छ्न। यस्तै आदर्श भनाइको शिरोपर गर्ने युवा मध्ये एक हु म । मेरो कुनै ठुला नेताहरुसंग त सम्पर्क त छैन तर मेरो जिल्ला स्तरमा प्राय सबै नेताहरुसंग राम्रो चिनजान गरेको छु। एउटा जनजातिको छोरो पहाडको कुनै भुगोलबाट जन्मेर विद्यार्थी आन्दोलन बाट राजनितीमा प्रवेश गरेको अत्यन्त जोशिला, हँसिला,मिलनसार यज्ञराज सुनुवारले ओखलढुंगाबाट २०७० सालमा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्य बन्नुभयो।

ओखलढुंगामा तत्कालीन नेकपा एमाले बाट पहिलो पटक लालकिल्ला बनाउने यज्ञराज सुनुवारले ओखलढुंगे जनताको शिर निहुँराउने काम गर्नु भएन , निराश बनाउनु भएन न त उहाँले कुनै भ्रस्टाचार वा अपराधिक मुद्धानै सहनु पर्यो। अझ भनौं यो कार्यकालमा त ओखलढुंगामा विकासले फड्को मारेको अवस्था छ ।

चुनावी  घोषणापत्रमा समावेश गरिएका कामहरू हुने क्रममा छ्न। चाहे मोलुङ , दुधकोशि वा लिखु  एकवार को कुरा किन नहोस सडक क्षेत्रमा बजेट विनियोजन गरि तिव्र गतिमा काम सुरु हुन लागेको छ। खिजिमा इलाका प्रशासन , मालपोत ,नापी कार्यालय , दुधकोशी हाइड्रो सन्चालन तिव्र गतिमा बिधुतिकरण , ओखलढुंगा -रामपुर,ओखलढुंगा- रुम्जाटार कालोपत्रे ,४० वटा विद्यालय अत्याधुनिक भवनको निर्माण , साँघुटार घोराखोरि ओखलढुंगा सडक कालोपत्रे , रामपुर श्रीचौर खिजिफलाटे सडक निर्माण , डुस्के राँगादिप पात्ले सडक निर्माण , १३ वटा सडक पुल निर्माण , १२ वटा टेलीफोन टावर निर्माण, सबै स्थानीय तह हरुमा बैंकहरुको स्थापना तथा अस्पताल निर्माणका लागि बजेट को बिनियोजन र पर्यटनको क्षेत्रमा श्रस्टाले चिनाएको ओखलढुंगामा श्रस्टा पार्क जस्ता कार्यहरू तिव्र गतिमा अगाडि बढिराखेका छ्न।

तसर्थ जिल्लाको केशमा मलाई अन्य विभिन्न मुद्धाहरु लागेका भन्दा निष्ठावान र अति नै मिहिनेती नेता यज्ञराज सुनुवार बाट नै जिल्ला समृद्ध बन्छ जस्तो लाग्छ। यी कार्यहरू तिव्र गतिमा अघाडी बढिरहेको र युगान्तकारी परिवर्तन सुरु भएकाले क्रान्तिकारी र विकासप्रेमी नेतालाइ साथ दिने निर्णय गरियो।

तपाइँको प्रतिक्रिया ।