लोपोन्मुख परम्परागत सामग्रीको बारेमा जानकारी दिदै पिस एन्जल्स स्कुल गोकर्णेश्वर- ३

कपन अनलाइन

काठमाडौं फागुन ५ ।आधुनिक प्रविधि आए संगै  लोप हुन लागेका पुराना  परम्परागत सामग्रीलाइ संग्रह गरि पिस एन्जल्स स्कुलले संग्राहलय निर्माण गरेको छ ।आधुनिक प्रविधितर्फ बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण ग्रामीण क्षेत्रका रैथाने प्रविधि लोप हुँदै गएका छन् । परम्परागत रुपमा प्रयोग गरिँदै आएका घरेलु औजारहरु हराउँदै गए संगै  नया पुस्तालाई सो बारेमा जानकारी गराउने उदेश्य सहित गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा संचालित पिस एन्जल्स स्कुलले  स्थानीय जनजाति समुदायको पहिचान झल्कने कला, संस्कृति सँग सम्बन्धित सामग्री र उनीहरुले प्रयोग गर्ने गरेका परम्परागत घरेलु सामग्रीहरु संग्रह गरि त्यसलाई संस्कृतिक  संग्राहलयको रुपमा ल्याएको छ ।

मंगलबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उक्त संग्राहलयको उदघाटन गर्नुको साथै बिभिन्न परम्परागत सामग्रीको अवलोकन सहित प्रयोग गरेका थिए ।पुर्खाहरुले ढुंगा, माटो, काठ र जनावरका छालाबाट आफैले निर्माण गरेका र कैयौं पुस्ताले घरेलु प्रयोगमा ल्याएका पुराना सामग्रीहरुलाई संकलन गर्दै तिनको उपयोगिताका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन संग्राहलयको रुप दिएको बिध्यालयका संस्थापक प्रिन्सिपल राजेश कुमार सिजापतिले जानकारी गराए।

पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामाग्री कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी ,ढिकी, जाँतो, कोल, हलो, जुवा, आरान, चर्खा, ओखल, ढिकी जाँतो लगायतका सामग्री संकलन गरि   अहिलेको पुस्तालाई   जानकारी गराउने उदेश्य सहित बिध्यालयले संग्राहलयको रुप दिएको बिध्यालयका संस्थापक प्रिन्सिपल सिजापतिले जानकारी गराए  अहिलेको पुस्ताले यस्ता कुनैपनि सामग्रीको बारेमा जानकारी नपाएको र सामग्री पनि लोप हुने अवस्था आएकाले एकातिर  बिद्यालय तह देखिनै बिद्यार्थीलाइ सो को बारे जानकारी हुने र अर्कोतिर संरक्षणका लागि पनि ध्यान जाने भएकाले यसखालको सोंच आएको उनले बताए ।

करिब तीन दशक अगाडिसम्म चलनचल्तीमा आएका कैयन घरेलु सामग्री अहिले देख्न मुस्किल छ । पुर्खाले बनाएका त्यस्ता विभिन्न खालका सामग्रीहरु अहिले प्रविधिको विकाससंगै लगभग हराएका छन् । गाउँमा मेसिन जानुअघिसम्म अन्नपात ढिंकीमा कुट्ने र जाँतोमा पिंध्ने चलन थियो । विजुली बत्ती जानु अघिसम्म दियालो बाल्ने, पालामा तेल राखेर बत्ती बाल्ने चलन थियो ।

ढोकामा पनि अहिलेका जस्ता आधुनिक चुकुल हुन्थेनन् त्यहाँ ठोकामै काठ खोपेर आगुलो वा गरालो लगाइन्थ्यो । दुध दही राख्ने काठका भाँडा हुन्थे । यद्यपि अहिले पनि कतिपय ठाउँमा यस्ता काठका भाँडा अझै पाइन्छन् । यस्तै पानी भर्नका लागि माटाका भाँडा हुन्थे । पुर्खाहरुले काठ, माटो, ढुंगाबाट मेहनत गरेर घरेलु प्रयोजनका सामानहरु बनाउँथे, तिनैले कति पुस्ताको जीवन निर्वाह  गर्थे ‘अहिले त ठेकी र आग्लो भनेको के हो भनेर  सोध्यो भने  भने पनि युवा पुस्ताले जान्दैनन् ।’

आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिन थालेको  उनले बताए। विभिन्न आधुनिक सामग्रीको  प्रयोग  सगै पुरानो परम्परागत सामग्री   विस्थापनमा परेको हो त्यसैको बारेमा आजका बालबालिकालाइ जानकारी दिन र त्यस्ता सामग्री कसरि  प्रयोगमा आउथ्यो भन्ने सिकाउनको लागि पनि बिध्यालयले सङ्ग्रह गरेको  उनले जानकारी गराए  ।

स्थानीय स्रोत, साधन एवम् सीपबाटै निर्माण  गरिएका  घरेलु  सामाग्रीले नेपालको परम्परागत  जनजीवन, कला परम्परागत सभ्यता, मौलिककला र संस्कृतिको  अध्ययनमा समेत सहयोग गर्ने हुँदा   बिद्यालय तह देखिनै  यस्ता परम्परागत   सामग्रीको बारेमा जानकारी दिने उदेश्यले पिस एन्जल्स स्कुलले सास्कृतिक संग्राहलयको अवधारणा ल्याएको बताए   ।

तपाइँको प्रतिक्रिया ।