फागुन १ र २ गते दिउँसो कपन र शांखु फिडरका क्षेत्रमा विद्युत बन्द हुने

कपन अनलाइन

काठमाडौं ,माघ ३०।

नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न स्थानमा फागुन १ र २ गते दिउँसो विद्युत बन्द गर्ने भएको छ । प्राधिकरणले सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले काठमाडौंको केही स्थानमा बिजुली अबरुद्व हुने जानकारी दिएको छ ।

साँखु, गोठाटार र फिडर अन्तर्गतका बिभिन्न स्थानमा ११ बजेदेखि १२ः ३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म शनिबार विद्युत काटिने जनाएको छ ।

त्यस्तै, कपन फिडरमा बिहान १०ः०० बजेबाट दिउँसो १ः३० बजेसम्म भण्डारी गार्मेन्ट, निलो पुल, ढलाने पुल, बुढानिलकण्ठ नपा १० आसपासका क्षेत्रहरु विद्युत काटिने प्राधिकरणले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।