मेलम्ची नगरपालिकाको नगर सभा सम्पन्न , ४४ सामुदायिक भवन निर्माण तथा मर्मत

मेलम्ची नगरपालिकाको नगर सभा सम्पन्न , ४४ सामुदायिक भवन निर्माण तथा मर्मत

कपन अनलाइन

काठमाडौं ,माघ ३०।

मेलम्ची नगरपालिकाको नगरसभा तथा ८औं अधिवेशन सम्पन्न भएको छ।

१८ वटा ऐन,३ वटा नियमावली र १०वटा कार्यविधि गरी जम्मा ३१वटा ऐन कानुन निमार्ण  गरेर नगर विकासको कार्यलाई तीव्रता दिएको मेलम्ची नगरपालिकाले हाल सम्म ४४ वटा सामुदायिक भवनको निमार्ण तथा मर्मत कार्य सम्पन्न भएको जानकारी दिएको छ।

नगरपालिकाको वडा नम्बर ७,८,र १० मा अस्थाइ वडा कार्यालय भवन निमार्णकार्य सम्पन्न भएको छ भने १,२ र ५ को पक्कि भवन अन्तिम चरणमा पुगेको जानकारी दिदै नगरपालिकाले ५ वटा स्वास्थ्य चौकि भवन निमार्ण सम्पन्न ,२५वटा दाहसंस्कार भवन, १४ वटा मन्दिर ७ वटा माने, ६ वटा सार्वजानिक शौचालय,२ वटा गुम्बा निमार्ण तथा मर्मत ,१८वटा प्रतिक्षालय , छात्राबास, दुध चिस्यान केन्द्र, फोहोरमेला ब्यबस्थापन केन्द्र, ३ वटा खेलकुद मैदान, कोशेलि घर निमार्ण सम्पन्न भएको नगर प्रमुख डम्बर अर्यालले नगर सभामा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै हालसम्म ५२ किलोमिटर सडकको नयाँट्रयाक निमार्ण, ७५ किलोमिटर बाटोमा ग्राभेल र १ .३७१ किलोमिटर कालोपत्रे सम्पन्न भएको नगरपालिकाले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।