तरवार भन्दा कलम बलियो हैन अव अराजक कलम बलियो भन्नुपर्ने बेला आयो : उषाकिरण भण्डारी 

तरवार भन्दा कलम बलियो हैन अव अराजक कलम बलियो भन्नुपर्ने बेला आयो : उषाकिरण भण्डारी 

कपन अनलाइन

काठमाडौं ,माघ २७।

मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले बाल्यकाल देखि पढेको तरवार भन्दा कलम बलियो भन्ने उद्दरणको कलम अगाडी   अव अराजक भन्नुपर्ने बेला आएको बताएकी छन। मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला कमिटीको आयोजनामा बागमती प्रदेसका १३ वटै जिल्लाका ११९  पालिकाका युवाहरुका लागि आयोजना गरेको पत्रकारिता तालिम सम्बन्धि  अन्तरक्रिया तथा छलफल कार्यक्रममा भण्डारीले सो कुरा बताएकी हुन्।

आफुपनि पत्रकारिताको विद्यार्थी रहेकी भण्डारीले संचार माध्यम र पत्रकारहरुले कलम चलाउदा सत्य तथ्य र जनतालाई सहि सुचना दिने तर्फ गम्भीर भएर सोच्नुपर्ने भन्दै पछिल्लो समय उदेस्य प्रेरित पत्रकारिता बढी हुँदा विस्वस्नियता ठुलो अशर पुगेको धारणा राखेकी छन।

प्रेस स्वतन्त्रता र अराजकता विच निकै मसिनो अन्तर रहेको र स्वतन्त्रता उपयोग गर्दा कतिपय बेला सम्बन्धित पक्षको संवेदनशीलता र मानवीयता ख्याल गर्नुपर्ने बताउदै अध्यक्ष भण्डारीले संचार मध्यम समाजको पहरेदार बन्नुपर्ने विचार व्यक्त गरेकी थिइन्।

बागमती प्रदेसका हरेक पालिकाका २० देखि २५ वर्ष उमेरक युवाहरुलाई प्रदान गरिने पत्रकारिता तालिममा आधारभूत ज्ञान संगै ,मुल्य मान्यता र सिदान्तका वारेमा पनि सिकाउनु आवस्यक रहेको बताउदै उनले तालिम सफलताको शुभकामना दिएकी थिइन्।

 

 

तपाइँको प्रतिक्रिया ।