नेकपा प्रचण्ड -नेपाल समुहद्वारा काठमाडौं क्षेत्र नं ४ मा संघर्ष समिति गठन,संयोजकमा बिदुर खड्का

नेकपा प्रचण्ड -नेपाल समुहद्वारा काठमाडौं क्षेत्र नं ४ मा संघर्ष समिति गठन,संयोजकमा बिदुर खड्का

कपन अनलाइन

काठमाडौं ,माघ २६।

नेकपा प्रचण्ड -नेपाल समुहले  काठमाडौं क्षेत्र नं ४ मा संघर्ष समिति गठन गरेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको मिलनचोक पार्टी भेन्युमा भएको भेलाले दिलिप महर्जन इन्चार्ज रहेको समितिको संयोजकमा बिदुर खड्कालाई चयन गरेको थियो।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ ,धर्मदत्त देवकोटा ,नेकपा काठमाडौं सचिव हिमाल शर्मा लगायतको उपस्थितिमा भएको भेलाले आगामी माघ २८ गते घोषणा गरिएको जनप्रदर्शन र आगामी दिनमा हुने आन्दोलनका कार्यक्रमहरुलाई संयोजन गर्नका लागि सो समिति गठन गरेको थियो।

 

उक्त भेलामा प्रशिक्षण प्रदान गर्दै वक्ताहरुले आगामी दिनमा हुने आन्दोलनलाई प्रभावकारी परिचालनका लागि वडा स्तर सम्म नै प्रचार र संगठन परिचालनका लागि निर्देशन दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।