दुवाथलन सिरिजको तेश्रो चरण भोली बज्रबाराहीमा

दुवाथलन सिरिजको तेश्रो चरण भोली बज्रबाराहीमा

कपन अनलाइन

काठमाडौं ,माघ २३।
नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा जारी ट्राईयाथलन अन्तरगत तेश्रो चरणको क्रस दुवाथलन सिरिज ललितपुरको चापागाँउस्थित झरुवारासी, बज्रबाराहीमा २०७७ माघ २४ गते शनिबार आयोजना हुँदैछ ।
यस अघि २.५ कि.मि. दौड १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौडको सिरिज अन्तरगतको पहिलो चरणको च्याम्पियनसिप नेपालकै पुरानो सहर टोखामा आयोजना भईसकेको छ भने दोश्रो चरणको च्याम्पिनसिप माघ १० गते ऐतिहासिक सहर किर्तिपुरमा आयोजना भईसकेको छ । सिरिज अन्तरगतको क्रस दुवाथलन प्रत्येक दुई हप्ताको अन्तरमा टोखा, किर्तिपुर र ललितपुरमा आयोजना गरिने छ ।

यसै अन्तरगतको तेश्रो चरणको च्याम्पियनसिप भोली शनिबार आयोजना हुन लागेको हो । चौथो फेरि टोखामा र पाँचौ किर्तिपुरमा आयोजना हुने छ भने छैटौ च्यान्पियनसिप उपत्यका बाहिर पोखरामा आयोजना हुने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।
नेपाल ट्राईयाथलन संघको स्थापना पश्चात संघको एकल पहलमा विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आईरहेको अवस्थामा जम्प नेशन ट्राईयाथलन संग जोडिन आई पुगेको छ । खेल माध्ययमबाट स्वस्थ नागरिक र नव खेलाडी उत्पादन गर्दै खेल समुदायको निर्माण गर्ने उद्धेश्यले स्थापना भएको जम्प नेशनले ट्राईयालन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगिताहरुमा ब्यवस्थापनको कार्य गर्ने गरि सहकार्यमा आएको हो ।

तपाइँको प्रतिक्रिया ।