बाम गठबन्धनको गडबडीका कारण २०७४ शालमा काठमाडौं-४ मा पराजय भोग्यौ : प्रदिप डंगोल

बाम गठबन्धनको गडबडीका कारण २०७४ शालमा काठमाडौं-४ मा पराजय भोग्यौ : प्रदिप डंगोल

कपन अनलाइन

काठमाडौं ,माघ २१।

नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले बाम गठबन्धनको गडबडीका कारण २०७४ शालमा भएको  प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा पराजय भोग्नु परेको बताएका छन ।

स्थानीय तहमा सानदार बिजयी हाशिल गर्दै प्रदेस क्षेत्र -२ मा बिजयी बने पनि संघीय निर्वाचनमा पराजित हुन्पुग्नुका कारणहरुको समिक्षा गर्दा सो बेलाको बाम गठबन्धन भित्रका कतिपय  जिम्मेवार व्यक्तिहरुको भूमिका माथि प्रश्न उठ्ने धारणा व्यक्त गर्दै अध्यक्ष डंगोलले संगठन परिचालन ,योजना निर्माण , निर्वाचनमुखी कार्यक्रम बनाउने जस्ता महत्वपूर्ण कार्यमा गठबन्धन गन्जागोलले निकै अशर परेको तथ्यलाई गम्भीर रुपमा समिक्षा गर्नुपर्ने धारणा राखेका थिए।

बुढानिलकण्ठ -१० मा आयोजना भएको कपन क्षेत्र स्तरीय बुद्दिजीवी भेलालाई सम्बोधन गर्दै अध्यक्ष डंगोलले माघ २३ गते हुने आम सभा  सफल बनाउन सबै नेता कार्यक्रता सक्रियता पुर्वक लाग्नुपर्ने अवस्था आएको भन्दै हाल सम्म नगरपालिकाका १३ वटै वडामा कमिटी गठन र टोल भेलाहरु भैरहेको जानकारी दिएका थिए।

एक फरक प्रसंगमा नेतृत्वको संगठन र पार्टी विस्तार प्रतिको उदासिनता र अलमलका कारण लामो समय देखि सुस्ताएको नेकपा बुढानिलकण्ठ अहिले जुर्मुराएको बताउदै अध्यक्ष डंगोलले निर्वाचनको बेला गडबडी गर्नेहरुको कथा र कहानी उचित समयमा जनताको सामु खोल्ने बताएका थिए।

बुढानिलकण्ठमा अवका दिनमा नेता,कार्यकर्ता र समर्थकहरुलाई संगठन, सक्रियता,सम्पर्क र सहभागिताका आधारमा गोलबन्द गर्दै अभियान संचालन गर्ने जानकारी दिदै डंगोलले  विषम परिस्थितिमा सरकारको कदमको पक्षमा उभिएकोमा बुद्दिजीवी ,जनप्रतिनिधि र पार्टी सदस्यहरुलाई धन्यवाद दिएका थिए।

 

तपाइँको प्रतिक्रिया ।