आइतवारे पार्क काठमाडौं उपत्यकाकै नमुना उधान हुनेछ : दिपक निरौला

कपन अनलाइन

काठमाडौं ,माघ ४।

काठमाडौं क्षेत्र नं ५ (२ ) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले बुढानिलकण्ठ नगरपालिकाका निर्माणाधीन रहेको आइतवारे पार्क काठमाडौं उपत्यकाकै नमुना उधान हुने बताएका छन।

नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलको साथमा बुढानिलकण्ठ नगरपालिकाको चिसिनीमा आयोजित खाना महोत्सवमा पुगेका निरौलाले सो उधानमा मौलिक र इतिहास झल्काउने संरचनाहरु निर्माणको तयारी गरिएको जानकारी दिएका हुन्।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ र ५ मा रहेको करिव २९८ रोपनी क्षेत्रफलमा रहेको उक्त पार्कमा तामांग संग्रहालय ,बाल उधान , झोलुंगे पुल लगायतका संरचना बन्ने बताउदै उनले सो पार्कमा रहेका चट्टानहरुमा रास्ट्रिय बिभुति र  राजनेताहरुको मुर्ति पनि बनाइने जानकारी दिएका थिए।

तामांग संस्कारका सबै पक्षलाई देखाउने संग्रहालयका साथमा पार्कको माथिल्लो भागमा रहेको मूललाई संरक्षण गर्दै नमुना लघु जल बिद्युत उत्पादन गर्ने योजना सुनाउदै निरौलाले मिनी चिडिया खाना र पानीघट्ट पनि रहने बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।