नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने पक्राउ

नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने  पक्राउ

कपन अनलाइन

काठमाडौं .माघ ३  ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको बास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने १ जनालाई पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज बालाजु बाईसधारा स्थित सडक खण्डबाट जिल्ला नुवाकोट तादी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को अनिल तामाङ्गले बास्तविक नम्वरप्लेट परिवर्तन गरी बा ६५ प २३६६ नम्वर प्रयोग गरी चलाई चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाकाप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिएका छन  ।
काठमाण्डौं रामकोट स्थित सडक खण्डबाट बा६३प २६६ नम्वरको रातो रंङ्गको पल्सर मोटर साईकल हराएको भनि रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. १ बस्ने कुल बहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएका थिए ।
हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमाखोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक
कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए  ।

यस आ.व.०७७/०७८ मा चोरीमा संलग्न ३१ जना मनिस र १९मोटरसाईकललाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ
भने चोरी भई खोजतलास गरी ११७ वटा मोटरसाईकल सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।