साँखुमा पुनर्निर्माण र पुनःस्थापना सम्बन्धि सर्वाजानिक सुनुवाइ कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पुस १४ /राजेन्द्र स्याङ्बाे

शखरापुर वडा नः ७ स्थित भक्ति भ्यम्बाे पर्टि प्यालेसमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकाे आयाेजनामा भूकम्प पछिकाे पुनर्निर्माण र पुनःस्थापना सदाचारकाे अभियानका साथै गुनासो संकलन र छलफल सम्बन्धमा Health protocol काे भाैत्तिक दुरी कायम गर्दै सर्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ।

उक्त कार्यक्रममा शखरापुर नगरपालिका काे नगर प्रमुख सुर्वना श्रेष्ठ (कार्यक्रमको सभापति ) ,उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ ,ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल का पूर्व महासचिव पदमेनी प्रधागंना,NRA काे प्राधिनिधि सदस्य द्रुव शर्मा अचार्य, नगर इन्जिनियर नवीन फुयाल वैङ्किङ क्षेत्रबाट वितिय व्यवस्थापक अनुपा बस्नेत लगायत विभिन्न वडाको जनप्रतिनिधिहरुकाे उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा स्थानीय सराेकारवाला ,जनप्रतिनिधिहरुले भूकम्प पछिकाे पुनर्निर्माण र पुनःस्थापना बारेमा आ -आफ्नाे गुनासो राखेका थिए । कार्यक्रममा बाेल्दै नगर प्रमुखले विभिन्न ठाउँबाट आएकाे गुनासोकाे छिटै हाल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएकाे छ भने भुकम्प आउनु दुखदायी रहे पनि विकासकाे पुनार्निमण र पुनःस्थापना मा भने अवसर रहेको जसले गर्दा मठ मन्दिरहरुकाे पूर्ण निर्माण, ९०% पक्की घरहरुर र करोडौं काे स्कुल निर्माण गर्न र गराउन सफलता मिलेको जानकारी गराएका थिए।

त्यसै गरि साँखुमा प्रचीन स्वरूप झल्किने घरहरु बनाउने लावग्राहि हरुलाई प्राेत्तसान स्वरूप थाप १ लाख दिने भनी जानकारी दिनुभयाे र नेपाल सरकारकाे तर्फबाट निर्माण र अन्य गतिविधिमा देखाएको सामुहिकता र प्रयास निकै राम्रो रहेको बताउदै आफ्नो तर्फ बाट सधै सकारात्मक सहयोग हुने प्रतिवदत्ता व्यक्त गरेका थिए।

NRA प्रतिनिधिले पनि कार्यक्रममा बाेल्दै शखरापुर नगर पालिका का सबै लावग्रहिहरु मध्ये पहिलो किस्ता लिईसकेकाे ९२%,दा्स्राे किस्ता ६४% र तेस्रो किस्ता ३४% रहेको र अझै लावग्राहिमा नपरेकाले पनि पुनर्निर्माण प्राधिकरण काे पुस ९० मा ५ वर्ष कार्य सकिएको अझै १वर्ष थपिएको लावग्राहिमा नपरेकाले थापा १ वर्ष २०७८पाैष १० भित्रमा निर्माण गरि सक्न अनुरोध गरेका थिए।

(राजेन्द्र स्याङ्बाे सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

तपाइँको प्रतिक्रिया ।