संसद पुनस्थापनाका लागि नेपाली कांग्रेस क्षेत्र नं ४ को विरोध र्याली
कपन अनलाइन
काठमाडौं ,पुस १३।
संसद पुनस्थापनाका लागि नेपाली कांग्रेस क्षेत्र नं ४ को आयोजनामा काठमाडौं महानगरपालिका वडा नं ७ को सिफल चौरमा कार्यक्रम सहित विरोध र्याली भएको छ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको सो विरोध र्यालीमा बागमती प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ , नरोत्तम बैध ,राधा घले , नेवि संघका महामन्त्री मनोज बैध ,क्षेत्रीय सभापति राजु श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।
उक्त विरोध र्यालीमा काठमाडौं क्षेत्र नं ४ का १२ वटै वडाहरु बाट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।