नेकपा ओखलढुंगाको कार्यालयमा दुवै पक्षको तालाबन्दी

कपन अनलाइन

ओखलढुंगा ,पुस १२।

ओखलढुंगामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा नेकपाका दुवै पक्षले तालाबन्दी गरेका छन।शनिवार प्रचण्ड–नेपाल समूहले  नियमित लगाउने भन्दा फरक ताला लगाए पछी आईतबार बिहान केपी ओली समुहले अर्को ताला लगाइ दिएको छ । कार्यालयमा अहिले २ वटा ताला लागेका छन् ।

फुटको संघारमा रहेको (नेकपा) को विवाद जिल्लामा पनि उग्र बन्दै गएको छ । पार्टी कार्यालय कस्को हुने भन्ने विवाद देशभर चलिरहेका बेला जिल्ला पार्टी कार्यालयमा दुई पक्षले आ–आफ्ना ताला लगाएको नेकपाका एक नेताले बताएका छन  ।

पार्टी कार्यालयमा दुवै पक्षका ताला लागेपछि नेकपाका नेता कार्यकर्ता होटल र व्यक्तिका घर तथा सार्वजनिक स्थलमा बसेर आ–आफ्ना कार्यक्रम बनाउने अवस्थामा पुगेका छन।

जिल्ला सदरमुकाममा नेकपाको व्यवस्थित कार्यालय भवन साविकको नेकपा एमालेले बनाएको थियो । पार्टी एकता भएपछि सोही भवनलाई नेकपा पार्टी कार्यालय बनाईएको थियो ।

तपाइँको प्रतिक्रिया ।