गोकर्णेश्वर नगरपालिकाद्वारा ६ सय किशोर-किशोरीहरूलाई ‘आत्मरक्षा’ तालिम प्रदान

कपन अनलाइन

काठमाडौं ,पुस ११

गोकर्णेश्वर नगर कार्यपालिकाद्वारा आफ्नो नगर क्षेत्रभित्रका ६ वटा सामुदायिक विद्यालयहरूका किशोर किशोरी लाई  ‘आत्मरक्षा’ तालिम प्रदान गरिएको छ । ‌

यही पुस ३ गते ओखरेनी मावि, ५ गते बालसुधार मावि, ६ गते ग्राम सुधार आधारभूत विद्यालय, ७ गते तारेभीर आधारभूत विद्यालय, ८ गते सहयोगी उच्च मावि र ९ गते अरूणोदय माविहरूमा झण्डै ६ सय जना छात्र-छात्राहरूलाई आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिएको कार्यक्रम संयोजक अजिता कपालीले जानकारी दिएकी छन  । ‌ ‌

बाल-बालिका/किशोर-किशोरीहरूलाई आफ्नो जीवनमा आईपर्न सक्ने भवितव्य वा सम्भावित दुर्घट्नाहरूबाट आफूलाई कसरी बचाउन सकिन्छ भन्ने सम्बन्धमा तालिम उपलब्ध गराइएको संयोजक कपालीले बताईन  । ‌ ‌

ति विद्यालयहरुमा  प्रशिक्षकहरु  केशव सुब्बा, रञ्जनकुमार सापकोटा, अप्सरा घर्तिमगर र सञ्जु तामाङहरूले सैध्दान्तिक र व्यवहारिक तालिम दिएका थिए । ‌

‌समापनको अवसरमा नगरप्रमुख सन्तोष चालिसेले सहभागी छात्रछात्राहरूलाई सम्मान सहित प्रशंसापत्र प्रदान गर्नुभएको संयोजक कपालीले बताएकी छन  ।

तपाइँको प्रतिक्रिया ।