धोवीखोला तल्लो भंगाल खानेपानी आयोजनाको कार्यालय भवन शिलान्यास
कपन अनलाइन
काठमाडौं ,पुस १।
धोवीखोला तल्लो भंगाल खानेपानीको आयोजनाको कार्यालय भवन शिलान्यास गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ महादेव कोलोनीमा करिव ७५ लाखको लागतमा निर्माणहुने सो भवनको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उदाव खरेल , वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का र धोवीखोला तल्लो भंगाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले शिलान्यास गरेका हुन।
धोवीखोला नदीको मुहान धोवीढुंगा र आसपासका मुहानहरुको संरक्षण गर्दै ५ लाख ५० हजार लिटरका २ वटा टयांकी र २ लाख लिटरको फिल्टर ट्यांकी निर्माण गरि करिव १५ सय घरधुरीलाई खानेपानीको सेवा प्रदान गरिरहेको सो आयोजनाको लक्ष वडा नं २ र ८ का १७ सय परिवारलाई खानेपानी सेवा दिने लक्ष रहेको उपभोक्ता समितिका अध्यक्ष लामिछानेले बताएका छन।
बुढानिलकण्ठ नगरपालिकामा खानेपानी सेवा प्रदान गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको यस आयोजनाको कार्यालय निर्माणका लागि खानेपानी विभाग लागयतका सरकारी कार्यालयले सहयोग गरेका छन।
सो आयोजनाले अहिले स्थानीयहरुको मातहतमा छरिएर रहेका सबै मुहानहरुलाई एकीकृत गर्दै संरक्षण गर्न सके अझै क्षेत्र विस्तार गर्न सकिने सम्भावना रहेको जानकारहरु बताउछन।