पाँचखाल नगरपालिका-२ बाट ३८ तोला सुन चोरी गर्ने पाँच जना पक्राउ
कपन अनलाइन
काठमाडौं ,मंसिर २८।
आइतबार पाँचखाल नगरपालिका-२ बाट ३८ तोला सुन चोरी गर्ने पाँच जना पक्राउ परेका छन्।
काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चोरी भएको थियो।
सोही घरका नगद तथा सुन चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।
प्रहरीले ओखलढुंगाका २७ वर्षीय देवराज दाहाल, सिन्धुपाल्चोकका २४ वर्षीय रामचन्द्र चालिसे, काभ्रेका २३ वर्षीय राम तामाङ, १८ वर्षीय हुईबहादुर तामाङ, १८ वर्षीय राजन तामाङलाई पक्राउ गरेको हो।
तपाइँको प्रतिक्रिया ।