काठमाडौं महानगर दिवसका अवसरमा ५ जनप्रतिनिधिलाई ‘स्थानीय सेवा गौरव पदक’

काठमाडौं महानगर दिवसका अवसरमा ५ जनप्रतिनिधिलाई ‘स्थानीय सेवा गौरव पदक’

कपन अनलाइन

काठमाडौं ,मंसिर २८।

काठमाडौं महानगरपालिकाले  महानगर दिवसका अवसरमा  ५ जना जनप्रतिनिधि र ५ जना कर्मचारीलाई ‘स्थानीय सेवा गौरव पदक’ बाट सम्मानित गर्ने भएको छ।

वि. सं. १९७६ पुष ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएकोे दिनलाई  महानगर दिवसका रुपमा मनाउदै आइएको छ।

काठमाडौं महानगरपालिकाले  यस बर्षदेखि २ जना कर्मचारी र २ जना जनप्रतिनिधिलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ प्रदान गरिनेछ । काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा यो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार २ जना महिला र २ जना पुरुषलाई प्रदान गरिनेछ ।

यस्तै महानगरबाट प्रवाह हुने सेवा तथा कामका बिषयमा नियमित समाचार प्रकाशन–प्रसारण गर्ने समाचारकर्मीमध्येबाट १० जनालाई ‘सुशासन पत्रकारिता पुरस्कार’ पनि प्रदान गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।